आचारसंहिता कार्यान्वयन गर्न र गराउनमा उम्मेदवार तथा सरोकारवालाहरुद्धरा प्रतिवद्धता

दाङ, २१ कार्तिक । संघिय र प्रदेश तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको दाङका तीनवटै निर्वाचन क्षेत्रका विभिन्न राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले बताएका छन् । संवाद समूह दाङले तुलसीपुरमा आयोजना गरेको संघिय र प्रदेश सभा सदस्यका लागि हुन गइरहेको आम निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, मर्यादित, निष्पक्ष, धाधलीरहित, विश्वसनिय बनाउनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन विषयक सम्वाद कार्यक्रममा मंगलवार सहभागि उम्मेदवारहरुले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलेनिर्वाचन आचार संहिता राजनीतिक दलका शिर्ष नेता र निर्वाचन आयोगले निर्माण गरेकोले आचार संहिता आ–आफ्नो आचरण संग जाडिएकोले सबैले पालना गर्नुपर्ने बताउदै “निर्वाचन आचार सहिंता हामी सबैलाई थाहा छ । केही अपवादको घटना बाहेक निर्वाचन आचार सहिंता पालना गरेको अवस्था छ । आचार सहिंता कार्यान्वयनमा अझैपनि केही कुराहरुमा सुधार गर्नुपर्ने देखीएको छ । जस्तो की आचार सहिंतामा निर्वाचन कार्यालयको अनुमति लिएर एक उम्मेदवारले २ वटा सम्म गाडी प्रयोग गर्ने भन्ने व्यवस्था छ । तर त्यो आचारण पालना गरेको देखीदैन । यस्तो आचार सहिंता पालना नगर्नेमा ठूला वा विजयी हुने राजनितिक दलको बढि देखीन्छ । हामी आफैले बनाएको आचार सहिंतालाई हामी सबैले पालना गरौं भन्ने हाम्रो अनुरोध हो । यदी आचार सहिंता उल्लङ्घन भएको प्रमाण सहीत कसैले गुनासो गरेमा निर्वाचन आयोगले स्पष्टिकरण सोध्नुको साथसाथै अन्तीममा ३ लाख रुपैया जरीवाना, ३ वर्ष कैद र उम्मेदवारी खारेज सम्मको दण्ड जरीवाना गर्नसक्ने व्यवस्था छ ।” भन्ने कुराको जानकारी गराउनु भयो ।

आचार संहिता कार्यान्वयन सम्बन्धी संवाद कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का संघिय सांसदका उम्मेदवार दिपक गिरी, नेकपा एमाले क्षेत्र नं. ३ क का घनश्याम पाण्डे लगायत मंगोल नेशनल अर्गनाइजेशनका प्रदेश सदस्य उम्मेदवार जानबहादुर पुन, राजमुपा का समानुपातिम संघिय उम्मेदवार ठाकुर रोका, राजमुपाका उम्मेदवारहरु रविन्द उच्च नेपाली, कृष्णविर नेपाली, नागरिक उन्मुक्त पार्टीका कुमार चौधरी, राप्रपाका उम्मेदवारहरु हसराज केसी, भूपाल रावत तथा ओज बहादुर खड्का र नेपाल मजदुर किसान पार्टीका संघीय संसदका उम्मेदवार वीर बहादुर चौधरीललगायतका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न प्रतिवद्ध हुने बनाए । समुदाय पहिलेको जस्तो नभएको र भाँडभैलो गरेर त्यति राम्रो नहुने राथै स्वच्छ छविले जित्न पाए आफूलाई पनि गर्वको महसुस हुने जनाउदै एक आपसमा स्वहार्दपूर्ण वातावरणमा आ—आफ्नो राजनीतिक गतिविधिहरु सञ्चालन गरिरहेको जानकारी गराउनु भयो

कार्यक्रममा संवाद समूहको तर्फवाद नरबहादुर बुढा, हुमकान्त कडेल, सुरेश रावत सुष्मा गिरीको उपस्थिति रहेको थियो । उनिहरुले संवादले विगत देखिनै यस्ता बहुुसरोकारका विषमा चासो दिदै आएको र यस अघि सम्पन्न गरिएको स्थानीय तहको चुनावमा पनि संवादले सबै राजनीतिक दलहरुसँग आचारसंहिता कार्यान्वनको क्षेत्रमा प्रचिवद्धता गराएको स्मरण गर्दै यस पटक राजनीतिक दल, भातृ संगठन लगायत नागरिक समाज तथा मानवअधिकार सम्वद्ध संघ संस्था, पत्रकारहरुसँग पनि सम्वाद गरिसकेको जानकारी गराउदै जिल्लाको निर्वाचनलाई शान्तिपूण र भयरहित तथा मर्यादिन बनाउन हामी लगायत सम्पूण नागरिकको जिम्मेवारी भएको जानकारी दिदै शान्तिपूण वातावारण हुनेमा आशावादी रहेको जानकारी दिनुभयो
कार्यक्रममा निर्वाचन आचार सहिंता आचार सहिंता अन्तरगत राजनितिक दल र उम्मेदवारले पालना गर्नुपर्ने आचारणको बारेमा जानकारी गराउदै प्रदेश निर्वाचन कार्यालयका शाखा अधिकृत रेवत कुमार बुढाथोकीले “निर्वाचन अधिकृत आपूm आउन नसकेपछि मलाई प्रतिनिधिको रुपमा पठाउनु भएको र निर्वाचन आचार सहिंताको वेवसाईटमा पनि उपलब्ध भएको जानकारी दिदै । यहाँहरुलाई आचार सहिंतामा यस्तो व्यवस्था छ भनेर जानकारी दिनुभन्दा पनि मर्यादित र सौहाद्र पूर्ण वातावरणमा निवाचन सम्मन्न गरौं यही भन्न चाहन्छु” भन्नु भयो ।

त्यसैगरी दिपक गीरी नेपाली कांगेस दाङ क्षेत्र नं. ३ संघिय संसदका उम्मेदवार “ निर्वाचन आचार सहिंता कार्यान्वयनको यो सम्वाद कार्यक्रम उम्मेदवारी दिने समयमा न सञ्चालन गरेको भए अझ राम्रो हुने थियो । ढिलो भएपनि राम्रै भयो । हामी सबैले निर्वाचनको आचार सहिंता पालना गर्नुपर्छ भन्ने मान्यता राख्दछौं । तर अक्षरस पालना भएको देखीदैन । अझ सबैभन्दा डरलाग्ने अवस्था त ४८ घण्टाको मौन अवधिमा रहेको हुन्छ । नागरीकको मन जितेर भोट मागी निर्वाचनमा विजयी हुन आवश्यक छ । ढाँट छल गरी जितेको पनि के रमाईलो । ईज्जतको साथ विजयी बनौं सबैलाई शुभ कामना ।”

घनश्याम पाण्डे नेकपा एमाले दाङ क्षेत्र नं. ३ क का उम्मेदवार “को को उम्मेदवार छौ हामीलाई थाहा छैन । परीचय गर्नलाई भएपनि निर्वाचन आयोगले यस्तो कार्यक्रम गरेका भए राम्रो हुने अवस्थामा सम्वादले कार्यक्रम राखेकोमो धन्यवाद । सरकारमा रहेको प्रमूख पाटीले राज्यको शक्ति र ढुकुटी प्रयोग गरेर निर्वाचनलाई प्रभाव पार्न, निर्वाचनको दौरानमा समूदायमा विकासको योजना ल्याईदिन्छौ भन्दै फीत्ता लिएर योजना नाप्दे जान मील्छ की मील्दैन । निर्वाचन कार्यालय र स्थानीय प्रशासनको ध्यान जाओस् । मेरो व्यक्तिग र पाटीको तर्फबाट निर्वाचन आचार सहिंता पालनामा शतप्रतिशत प्रतिवद्धता रहेको जानकारी दिन्छ । कोमल वलीलाई बच्चादेखी बुढा सम्म मन पराउछन । उहाँको फ्यानहरु छन । समुदायमा गएको समयमा फ्यानहरुले गीत गाउन अनुरोध गरेपछी बच्चाको प्रयोग गरीयो भन्ने कुरा आएको हो । हामी बालबालीकाहरुलाई निर्वाचनमा परीचान गर्ने पक्षमा कुनै हालतमा छैनौ । अर्को कुरा निर्वाचन धेरै लामो र खर्चिलो हुदै गएको छ । जतीसक्यो निर्वाचनको अवधि छोटो बनाउन आवश्यक छ । यो कुरा निर्वाचन आयोगले ध्यान दिन जरुरी छ । मौन अवधि पनि करीब १२ घण्टाको भए पुग्छ ।”
ओज बहादुर खड्का रा.प्र. पा दाङ क्षेत्र नं. ३ क उम्मेदवार “ निर्वाचन आचार सहिंता हामी आफैले बनाएको हो । आफैले बनाउने र आफैले पालना नगर्ने कुरा सुहाउदैन । पालना गर्न हामी प्रतिवद्ध छौं ।”

केशव राज के.सी ने.का. “आचार सहिंता उल्लङ्घन भएपछि हुने सजायको कुरा सुनाएर प्रमूख जिल्ला अधिकारीले हामीलाई डराएको हो की के हो । १ उम्मेदवारले २ गाडी प्रयोगको व्यवस्था छ । तर धेरै गाडी प्रयोग गरेपनि कार्यवाही गरेको देखीदैन । यसमा खै त खबरदारी गरैको । यूवालाई विकासको योजनामा सामेल गर्नुको साटो प्रचार प्रसारमा लगाएर रक्सीले मात्तिने अवस्था छ । यो तरीकाले देशको भविश्य कतातीर जाला ?”

संवाद समूहका वरिष्ठ सहजकर्ता सुशिल बस्नेतले सम्वादको काम, कर्तव्यका बारेमा र सम्वादले गरेका कार्यको बारेमा जानकारी गराएका थिए भने । सम्वाद समूहका सदस्य सुष्मा गिरीले सबैलाई सक्रिय सहभागिताका लागि धन्नेवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन संवाद समूहका सदस्य तथा बैकल्पिक सहजकर्ता निर्मल नेपालीले गर्नुभएको थियो ।
प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मर्यादित, विश्वसनीय, शान्तिपूर्ण बनाउन संवाद समूहले विभिन्न समय, तह र पक्षहरुसँग संवाद कार्यक्रमहरु सञ्चालन गर्र्र्दै आएरहेको छ । यस अघिपनि संविधिान सभा निर्वाचन, स्थानीय तह निर्वाचन र संघिय निर्वाचनलाई मर्यादित, विश्वसनीय, शान्तिपूर्ण निर्वाचनका लागि संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।