आवश्यकता ! आवश्यकता ! आवश्यकता !

आवश्यकता ! आवश्यकता ! आवश्यकता !
प्रथम पटक प्रकाशित मिति: २०८२ चैत २
Helen Keller International सँगको साझेदारीमा बेस संस्था (व्याकवार्ड सोसाइटी एडुकेशन) दाङ्गद्वारा सञ्चालन हुने “पोषण मार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) परियोजनाको लागि १ जना कर्मचारीहरुको आवश्यकता परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र इच्छुक नेपाली नागरिकलाई आवेदनका लागि आव्हान गरिन्छ ।
प्राथमिकता
पद : तथ्याङ्क व्यवस्थापन अधिकृत (Data Management Officer)- Dang
- आवश्यक संख्या : १
- तह : ७
शैक्षिक योग्यता तथा अनुभव :
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह Bachlor on Public Health (BPH) उत्तिर्ण र DHIS2/HMIS System and mobile application सम्बन्धी ज्ञान भएको ।
- तथ्याङ्क व्यवस्थापनमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको ।
- फिल्डमा गएर कार्यक्रमसँग सम्बन्धित अनुगमन, मुल्याङ्कन गरी तथ्याङ्क प्रमाणित गरी योजना निर्माण तथा सफलताका कथाहरु तयार गर्न सक्ने।
- तथ्याङ्क संकलन, विश्लेषण तथा प्रस्तुतिकरण गर्न सक्ने ।
- स्थानीय तथा जिल्लास्तरीय कार्यक्रम सञ्चालनमा सहयोग गर्ने ।
- कार्यक्रमसँग सम्वन्धित फिल्ड क्रियाकलापहरुको मासिक त्रैमासिक तथा बार्षिक प्रतिवेदनहरु अंगेजी तथा नेपाली भाषामा बनाउने सीप भएको ।
- फिल्ड तहका विभिन्न तालिमहरु संचालनमा सहजीकरण गर्न सक्ने ।
- फिल्ड कर्मचारीहरुको क्षमता विकासमा सहयोग गर्ने तथा डाटा संकलन तथा रिपोर्टिङ्गमा सहजीकरण गर्ने।
पेश गर्न पर्ने कागजातहरुः
- निवेदन, बैयक्तिक बिवरण (वायोडाटा) नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रको स्क्यान कपी इमेल मार्फत पेश गर्नुपर्नेछ ।
- आवेदन दिने अन्तिम मिति : २०८२-१२-०८ गते अपरान्ह ५ः०० बजे भित्र ।
- परीक्षाको किसिम : छोटो सूची, लिखित जाँच र अन्तरवार्ता, (छोटो सूचीमा छनाेट भएका उम्मेद्वारहरुलाई मात्र अन्य परीक्षाहरुमा सहभागी गराईनेछ ।)
प्राथमिकता : दलित, जनजाति, महिला, मोटरसाइकलको लाईसेन्स भएको र स्थानीयलाई विशेष प्राथमिकता दिईनेछ ।
नोट : निवेदनमा अपेक्षित पारिश्रमिक अनिवार्यरुपमा खुलाउन पर्नेछ ।
इमेलबाट प्राप्त आबेदनहरुलाई मात्र मान्यता दिइनेछ। रीत नपुगेका र म्याद नाघेर आएका आवेदनहरुलाई मूल्याङ्कन प्रक्रियामा समावेश गरिने छैन ।
बेस संस्था, केन्द्रीय परियोजना कार्यालय तुलसीपुर दाङ
तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ
आवेदनका लागि इमेल- [email protected]
कार्यालय सम्पर्क नं : +९७७८२-५२००५५,५२०३१२,५२२९२१
वेवसाइट: nepalbase.org


