आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मिति : २०८३/०१/०९
बेस संस्था (व्याकवार्ड सोसाइटी एजुकेशन) द्वारा आगामी दिनमा दाङ जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको “मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) कार्यक्रम” का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
पद
कार्यक्रम संयोजक
(Program Coordinator)
(१ जना)
| न्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभव
जनस्वास्थ्य वा नर्सिङमा स्नातकोत्तर (MPH/MN) उत्तीर्ण भई कार्यक्रम व्यवस्थापनमा एक (१) वर्षको अनुभव वा जनस्वास्थ्य नर्सिङ वा स्वास्थ्यसम्बन्धी विषयमा स्नातक उत्तीर्ण भई परियोजना व्यवस्थापनमा कम्तीमा ३ वर्षको अनुभव प्राप्त गरेको ।
नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक कार्यक्रम अधिकृत -प्राविधिक (Program | उत्तीर्ण भई क्लिनीकल पृष्ठभूमि भएको । Officer – Technical) मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने ।
(१ जना)
जनस्वास्थ्यमा स्नातक (public health) अनुगमन तथा मूल्याङ्कन उत्तीर्ण भई दुई वर्षको अनुभव वा अधिकृत (Monitoring नर्सिङ, सामाजिक विज्ञान व अन्य सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई कम्तीमा ३ वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको ।
and Evaluation Officer) (१ जना)
प्रशासन तथा वित्त अधिकृत (Admin and Finance Officer) (१
जना)
स्नातक तह उत्तीर्ण गरी कम्तीमा २ वर्षको सान्दर्भिक अनुभव प्राप्त गरेको ।
फिल्ड सुपरभाइजर PCL नर्सिङ वा हेल्थ असिस्टेन्ट (HA ) (Field Supervisor) उत्तीर्ण गरेको । (५ जना)
सामुदायिक परिचालक (Community Mobilizer) (१० जना)
कार्यक्रम सहयोगी (Program Assistant ) (१ जना)
पेस गर्नु पर्ने कागजातहरू
प्राथमिकता
कम्तीमा ANM, AHW वा PCL उत्तीर्ण भई मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रमसम्बन्धी अनुभव प्राप्त गरेको ।
सम्बन्धित कार्यमा अनुभव भएको ।
दरखास्त दिने अन्तिम मिति
मुख्य जिम्मेवारीहरू

  • तोकिएको समय र बजेटभित्रै सम्पूर्ण लक्ष्यहरू हासिल भएको सुनिश्चित गर्न परियोजनाका क्रियाकलापहरूको समग्र योजना तर्जुमा, कार्यान्वयन र दैनिक व्यवस्थापन गर्ने ।
  • जिल्ला तहमा स्वास्थ्यसाग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरू र अन्य सरोकारवालाहरूसँग समन्वय गर्ने ।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विस्तृत कार्यान्वयन योजना निर्माण गर्ने ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन गर्ने र सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरूसाग नियमित समन्वय गर्ने ।
  • असल अभ्यास, सफलताका कथा र परियोजनाका चुनौतीहरूको अभिलेखीकरण (Documentation ) सुनिश्चित गर्दै अनुगमन, मूल्याङ्कन र प्रतिवेदन (Reporting) कार्यको सुपरिवेक्षण गर्ने ।
  • परियोजनाको तथ्याक्त व्यवस्थापन गर्ने, मातहतका कर्मचारीलाई सहयोग गर्ने र समयमै प्रगति प्रतिवेदनहरू पेस गर्ने ।
  • कार्यक्षेत्र (फिल्ड) स्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न र प्रगति प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग पुयाउने ।
  • जिल्ला तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्यसम्बन्धी प्राविधिक फोकल पोइन्टहरूसाग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने ।
  • कार्यसञ्चालन योजनाहरू निर्माण गर्ने र कार्यक्षेत्रमा तिनको समयमै तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने ।
    पालिका स्तरका सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गर्ने । • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने ।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सिप तथा कार्यसम्पादनको सुदृढीकरणका लागि यथोचित प्राविधिक सहयोग प्रदान गर्ने ।
  • तथ्याङ्कको व्यवस्थापन र विश्लेषण गर्दै परियोजनाका सफलताका कथा र चुनौतीहरूको अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने ।
  • अनुगमन तथा मूल्याङ्कनको योजना विकास र कार्यान्वयन गर्ने ।
  • परियोजनाका सूचकहरूसम्बन्धी तथ्याङ्क समयमै सङ्कलन, विश्लेषण प्रतिवेदन तथा प्रयोग भएको सुनिश्चित गर्ने ।
  • तथ्याङ्कको गुणस्तर जाँच, सहयोगी अनुगमन, कर्मचारी क्षमता अभिवृद्धि, ड्यासबोर्ड विकास र प्रयोग गरी प्रमाणमा आधारित निर्णयलाई सहयोग गर्ने ।
    HMIS को विकास र प्रयोगका लागि जिल्ला / पालिकाका सरोकारवालासँग समन्वय गर्ने । • तथ्यमा आधारित योजना तर्जुमा गर्न परियोजनालाई सहयोग प्रदान गर्ने तथा मातृ, नवजात शिशु, बाल स्वास्थ्यसम्बन्धी तथ्याङ्कको गुणस्तर सुधार गर्ने ।
  • दैनिक कार्यालय सञ्चालन तथा कोष निकासा (Fund disbursement) को व्यवस्थापन गर्ने र बजेट तथा खर्चको अनुगमन गर्ने ।
    वित्तीय प्रतिवेदन तयार गर्ने, लेखा राख्ने (Bookkeeping) कार्य गर्ने र आवश्यकता अनुसार वित्तीय अभिलेखहरू अद्यावधिक गर्ने ।
  • बजेटसम्बन्धी कुनै पनि विषयमा परियोजना टिमसँग प्रत्यक्ष समन्वय गर्ने ।
  • समुदाय स्तरमा तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य कार्यक्रम प्रत्यक्ष रूपमा कार्यान्वयन गर्न यथोचित सहयोग प्रदान गर्ने ।
  • कार्यक्षेत्रका गतिविधिहरू सही ढङ्गले सञ्चालन भएको सुनिश्चित गर्दै सामुदायिक परिचालकहरूलाई प्रत्यक्ष सुपरिवेक्षण र क्षमता विकास गर्ने ।
  • कार्यक्रमको सहज सञ्चालन सुनिश्चित गर्न स्थानीय सरोकारवालाहरूसँग समन्वय गर्ने र स्थानीय स्तरमा देखा पर्ने कार्यान्वयनका चुनौतीहरू समाधान गर्ने ।
  • अग्रपङ्क्तिका कर्मचारीका रूपमा आधारभूत स्तरका मातृ, नवजात शिशु, बाल स्वास्थ्यका गतिविधिहरू सञ्चालन गर्न समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने ।
  • परियोजनाका क्रियाकलापहरूको गुणस्तरीय कार्यान्वयनका लागि कार्ययोजना तर्जुमा गर्ने । • महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने ।
  • समूह परिचालनको व्यवस्थापन गर्ने र समयमै प्रतिवेदन बुझाउने, सफलताका कथाहरूको अभिलेखीकरण गर्ने र स्थानीय तथ्याक्त व्यवस्थापन गर्ने कार्य सुनिश्चित गर्ने ।
  • कार्यालयका नियमित गतिविधिहरूलाई प्रभावकारी बनाउन आवश्यक लजिस्टिक सहयोग प्रदान गर्ने ।
  • कार्यक्रम कार्यान्वयन तथा प्रशासनिक कार्यहरूमा सहयोग पुयाउने र सम्बन्धित कागजातहरूको फाइलिङ तथा व्यवस्थापन कार्यमा सहयोग गर्ने ।
  • कार्यालय वातावरण सफा, व्यवस्थित बनाउने ।
    : निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा) र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, साथै उपलब्ध भएमा दुइ पाने सवारी साधन चालक अनुमतिपत्रको प्रतिलिपि संलग्न गरी निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ ।
    : स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ ।
    : २०८३ / ०१ / १६ साँझको ५ बजेभित्र ।
    दरखास्त पठाउने इमेल ठेगाना [email protected] मा सम्पर्क गर्नुहोस् ।
    | परीक्षाको किसिम
    भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना :
    बेस संस्था, केन्द्रीय परियोजना कार्यालय, तुलसीपुर उपमहानगरपालिका वडा नं ६ रजौरा, दाङ
    : लिखित तथा अन्तर्वार्ता ।
    नोट • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन ।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ ।