आवेदन आह्वान

प्रकाशित मिति २४ फेब्रुअरी २०२६

थारु सांस्कृतिक संरक्षण केन्द्र एक नाफारहित गैरसरकारी संस्था हो। थारु सांस्कृतिक संरक्षण केन्द्र २०७५ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भइ थारु आदिवासीहरूको ऐतिहासिक संस्कार, संस्कति संरक्षण गर्नमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।

यसै सन्दर्भमा थारु सांस्कृतिक संग्राहलयको तत्वावधानमा आदिवासी थारु समुदायका इतिहास र सांस्कृतिक संग्रह प्रकाशन तथा प्रशारण हुन गइरहेको व्यहोरा अवगत गराउँदछौं। उक्त संग्रहका लागि केही स्वंयसेवक लेखक, सोधार्थी तथा अनुसन्धाताहरू आवश्यक भएकाले आदिवासी थारुहरूको महत्वपूर्ण ऐतिहासिक संस्कार, संस्कृति, समय, पहर र थारु गीतहरू, बट्कोही, नाच, कविता, आहान, पूजा, विवाह संस्कार र जीवनशैलीबारे जिज्ञाशु तथा रुची भएका युवा विद्यार्थी एंव अन्य महानुभावहरूलाई समेत दरखास्तका लागि आह्वान गर्दछौं।

ईच्छुक महानुभावहरूले निम्नलिखित कागजात सहित निवेदन यहि मिति २०८२ फागुन १९ गते बेलुका ५ बजेसम्म निम्नअनुसार ठेगानामा पठाउन/बुझाउन अनुरोध गर्दछौं।

आवश्यक कागजपत्र

. लिखत निवेदन

. शैक्षिक योग्यता खुल्ने प्रमाणपत्र

. परिचय खुल्ने कागजपत्र

प्राथमिकता

  • पहिलो चरणका लागि दाङ जिल्लामा रहेर (कक्षा १०, ११,१२ तथा स्नातक) अध्ययन गरिरहेका वा अध्ययन सकेका  विद्यार्थीहरूलाई प्राथमिकता दिइने छ।
  • थारु संस्कार र संस्कृतिकाबारेमा जिज्ञासु एंव खोजअनुसन्धान गर्न रुची देखिएको हुनुपर्नेछ
  • विशेषगरी थारु समुदायका युवायुवति तथा विद्यार्थीहरूलाई प्राथमिकता हुनेछ
  • थारु भाषामा दखल राख्ने (बोल्न तथा बुझ्नसक्ने) हुनुपर्नेछ
  • प्रश्न सोध्ने, कुनै पनि विषयका बारेमा सोधीखोजी गर्नसक्ने वा निर्धक्कसँग अन्तर्वार्ता लिनसक्ने हुनुपर्नेछ

छनोट विधि

  • निर्धारित समयमा प्राप्त निवेदनउपर संस्थाले प्रमाणिकरण गरिसकेपछि निवेदकहरूसँग सम्पर्क गर्नेछ वा सूचनामार्फत जानकारी गराउनेछ।
  • निवेदकहरूको लिखित तथा अन्तर्वार्ता हुनेछ
  • लिखित तथा अन्तर्वार्ताका आधारमा संस्थाको निर्णायक टोलीले पहिलो चरणका लागि कम्तीमा २० जना प्रतिनिधि छनोट गर्नेछ

पारिश्रमिक

विषयगत सामग्रीका आधारमा उपलब्ध हुने पारिश्रमिक संस्थाले तोकेबमोजिम हुनेछ।

आवेदन दिनका लागि सम्पर्क स्थान अथवा ठेगाना :

बेस संस्था, केन्द्रीय परियोजना कार्यालय तुलसीपुर दाङ

तुलसीपुर उपमहानगरपालिका वार्ड नं ६, रजौरा दाङ

वा

थारु सांस्कृतिक संग्राहलय,

दंगीशरण ३ चखौरा दाङ

ईमेल[email protected], [email protected]

विस्तृत जानकारीका लागि सम्पर्क व्यक्ति: गजेन्द्र बोहरा

मोबाइल: ९८५१२३२०८८