निर्वाचन आचार सहिंता कार्यान्वयनको लागि सम्वाद कार्यक्रम


यही आउने मंसीर ४ गते नेपाल सरकारले प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्न गईरहेको छ । निर्वाचनलाई मर्यादीत स्वतन्त्र, भयरहीत र निश्पक्ष बनाउनको लागि निर्वाचन आयोगले ‘निर्वाचन आचार सहिंता २०७९’ तयार गरेको छ र सो निर्वाचन आचार सहिंता कार्यान्वयनको लागि सबैलाई अपील गरीएको छ ।

यसै सन्दर्भमा सम्वाद समूह दाङले निर्वाचन आचार सहिंता कार्यान्वयन गर्न गराउनका लागि सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा राजनितिक दलको प्रमूख तथा प्रतिनिधिहरुले “निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचार सहिंता निर्वाचनलाई निश्पक्ष, भयरहीत शान्तिपूर्ण बनाउनको लागि एक किसीमको कानुन हो । कानुनलाई सबैले मान्नुपर्छ । पालना गर्नुपर्छ । त्यसैले हामी राजनितिक दलले पनि यो निर्वाचन आचार सहिंता पालना गर्नुपर्छ ।” प्रतिवद्धता जनाएका थिए ।
यो निर्वाचन आचार सहिंता कार्यान्वयनको लागि सम्वाद कार्यक्रम मिति २०७९ कार्तिक १५ गते तुलसीपुर दाङमा गरीएको हो । सो सम्वाद कार्यक्रममा नेपाली कांग्रेस, ने.क.पा एमाले, ने.क.पा. माओवादी केन्द्र, राष्ट्रिय जनमुक्ति पाटी, रा.प्र.पा., नागरीक उन्मुक्ति पाटी लगायत दाङ जिल्लाका प्रमूख राजनीतक दलको प्रमुख तथा प्रतिनिधि गरी २५ बढिको सहभागिता रहेको रहेको थियो ।

द एशिया फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालीत स्थानीय सरकार सवलीकरण (बहु सरोकारवाला सम्वाद) परीयोजना अन्तरगत सम्पन्न भएको सो कार्यक्रमको सहजीकरण सम्वाद समूह दाङको सदस्य निर्मल नेपालीले सहजीकरण गर्नुभएको थियो भने सम्वाद समुहको अर्को सदस्य तथा अधिवक्ता विष्णुमणि धितालले निर्वाचन आचार सहिंता २०७९ को राजनितिक दलले पालना गर्नुपर्ने कुराहरु जानकारी दिनुभएको थियो ।