Vacancy

कर्मचारी आवश्यकतासम्बन्धि सूचना
सूचना प्रकाशितमितिः २०७५ साल कार्तिक ९ गते

ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) एक गैर सरकारी संस्थाहो । यो संस्थावि.सं. २०४७ सालमा दाङ्ग जिल्लामा दर्ता भई प्रदेश नं. ५, कर्णाली र प्रदेश नं. ७ का १७ वटा जिल्लाहरुमा काम गर्दै आईरहेको छ । यस संस्थाले ग्रामिण महिला, बालबालिका, असाहयतथा पछाडी पारिएका बर्गको शिक्षा, स्वास्थ्य, आयआर्जन, कृषी, वातावरण, जनचेता तथा सशक्तिकरण, जनवकालत र वाढी प्रभावित समुदायको लागी काम गरिरहेको छ ।

सेभ द चिल्ड्रेन र बेस संस्थाको संयुक्त साझेदारीमा बर्दिया जिल्लामा विद्यालय सुरक्षाको अवस्था सुधार गर्ने उद्धेश्यले नेपाल सुरक्षित विद्यालय परियोजना संचालन हुन गईरहेको हुदा उक्त परियोजनाका लागि उल्लेखित पदहरुमा खुला विज्ञापनद्धारा पदपुर्ति गर्नुपर्ने भएकोले देहायका योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

१.पदः परियोजना संयोजक १ जना
योग्यता तथा अनुभव ः स्नातक वा सो सरह (शिक्षा संकाय र स्नातकोत्तरलाई ग्राह्यता), योजनातर्जुमा, कार्यान्वयन, वित्तिय तथा मानवश्रोत परिचालन तथा व्यवस्थापन, समन्वय, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन, आदिमा दख्खलभएको स्नातकको लागि ५ वर्ष र स्नातकोत्तरको लागि २ वर्षको अनुभव, कम्प्युटर र इन्टरनेट सम्बन्धि दख्खलभएको, अंग्रेजी तथा नेपालीमा प्रतिवेदन लेख्न र बोल्न सक्ने ५० प्रतिशत फिल्डमा रहेर कामगर्नु पर्ने ।

२. पद ः अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाई (मिल) अधिकृत– १ जना
योग्यतातथाअनुभव ः स्नातकवा सो सरह, अनुगमन, मूल्याङ्कन, जवाफदेहिता र सिकाईको क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव कम्प्युटर र इन्टरनेट सम्बन्धि दख्खलभएको, अंग्रेजी तथा नेपालीमा प्रतिवेदन लेख्न र बोल्न सक्ने ५० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने ।

३. पद ः लेखा तथा प्रशासन अधिकृत– १ जना
योग्यता तथा अनुभवः व्यवस्थापन विषयमा कम्तिमा स्नातक तह उत्तीर्ण गरी ३ वर्षको कार्यानुभव सो भन्दा वढि योग्यता भएकालाई सम्बन्धित विषयको १ वर्षको अनुभव । कम्प्युटर, माईक्रोसफ्ट एक्सल र इन्टरनेट सम्बन्धि राम्रो र व्यवहारिक ज्ञान भएको तथा एकाउन्टिङ्ग सफ्टवयरमा हिसाव राख्न सक्ने । फ्यामस सप्टवेयर चलाउन जान्नेलाई विषेषग्राहयतादिईने छ । ८० प्रतिशत कार्यालय र २० प्रतिशत फिल्डमा रहेर काम गर्नु पर्ने ।

४. पद ः डिआरआर (सामाजिक परिचालन) अधिकृत– ४ जना
योग्यतातथाअनुभव ःस्नातक वा सो सरह (शिक्षा संकायलाई ग्राह्यतादिईने) र समुदाय परिचालन तथा परियोज नाकार्यन्वयनमा कम्तिमा २ वर्षको कार्यानुभव । १०० प्रतिशतफिल्डमा रहेर कामगर्नु पर्ने ।

दरखास्त साथ संलग्नगर्नुपर्ने आवश्यककागजातहरु
नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचेको पासपोर्ट साईजको १ प्रतिफोटो
कम्तिमा २ जना सन्दर्भ व्यक्तिहरुको (Reference) नाम र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (CV)
शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा कार्यानुभव पुष्टि हुने प्रमाणपत्रको प्रतिलिपि (ऐच्छिक)

दरखास्तदिने अन्तिममितिः २०७५ कार्तिक २५गते आइतबार
दरखास्तदिने विधिः ईमेल

नोट ःप्रारम्भिकछनौटमा परेकाउम्मेदवारहरुलाई मात्रलिखित, मौखिकतथा प्रस्तुतिकरणको प्रकृयामा समावेसगरिनेछ । संस्थाको पदपुर्ति समितिको निर्णय नै अन्तिमनिर्णय हुनेछ । महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकतादिईनेछ ।

आवेदन दिने सम्पर्क ठेगाना
ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) केन्द्रियकार्यालय तुलसीपुर दाङ र जिल्लाशाखाकार्यालय गुलरीयाबर्दिया
सम्पर्क नं. ०८२ ५२००५५ र ०८४ ४२०८६२
ईमेल ः [email protected]